नेपालगञ्ज र कोहलपुरमा राप्रपाको धर्ना

  
  प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५       | 46 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : राप्रपा बाँकेले बिहीवार नेपालगञ्ज उपमहानगरपालिका गेटमा धर्ना दिएको छ । राप्रपाले बुझाएको २२ बुंदे ज्ञापन–पत्रको सुनुवाईका लागि दबाब दिन देशव्यापी शान्तिपूर्ण आन्दोलन स्वरुप उपमहानगरपालिका गेटमा धर्ना दिएको हो ।
राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार पार्टीका महामन्त्री समेत रहनुभएका नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा पनि सहभागी भएका थिए । कार्यक्रममा बोल्दै मेयर राणाले शान्तिपूर्ण रुपमा गरिएका मागलाई वेवास्ता नगर्न सरकारलाई चेतावनी दिए ।
त्यस्तै कोहलपुर नगरपालिका अगाडी पनि धर्ना दिएको राप्रपा बाँकेले जनाएको छ । राप्रपाले हिन्दु राष्ट्रका पक्षमा जनमत सिर्जना गर्न घरदैलो, हस्ताक्षर, सभा, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएको छ ।
हिन्दु राष्ट्रको चाहना भएपनि स्वफूर्तरुपमा आफ्ना माग नउठाउने जनतालाई जागरुक गराउने अभियान पार्टीले शुरु गरेको राप्रपाले जनाएको छ । पार्टीले बैशाख ५ गते घरदैलो अभियान र वैशाख ८ गते राजमार्ग अवरुद्धसम्मका कार्यक्रमहरु घोषणा गरेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५     6:31:10 PM  |