गोकुल सामुदायिक वनको साधारणसभा सम्पन्न

२७ चैत्र २०७५, बुधबार १८:३९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधवार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको छ । डुडुवा गाउँपालिका वडा नंं. ५ तपसीबाबामा रहेको संस्थाको आफ्नै कार्यालयमा कार्यक्रम गरिएको हो ।
उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा ठाउँले सम्भावना बोकेको हुँदा यहाँको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वनमा आबद्ध सदस्यहरुको सक्रीयता भएमात्र विकास हुनसक्ने भएकाले सबैलाई लाग्न अनुरोध गरे । डुडुवा वडा नं. ३ का अध्यक्ष भण्डारीलाई यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपालगञ्ज सव वन डिभिजन कार्यालय राँझाका सहायक वन अधिकृत टेक बहादुर नेपालीले सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको संरक्षण गर्न उत्तिकै आवश्यक भएको बताए ।
उनले राप्ती नदि क्षेत्र पनि यस वनमा पर्ने भएकाले सम्भावनाको खोजी गरी अघि बढ्न स्थानीयलाई आव्हान गरे । बनका अध्यक्ष बडेलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ का सदस्य महेन्द्र शाही, सामुदायिक वन उपभोक्ता महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, सामुदायिक वन समन्वय समितिका लवराज खरेललगायतले धारणा राखेका थिए । ३ सय ६४ जना उपभोक्ता रहेको सामुदायिक बनको कार्यक्रमलाई कोषाध्यक्ष सूर्यलाल यादवले सञ्चालन गरेका थिए ।


तीन पत्रकार सम्मानित
सामुदायिक वन क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै बाँकेका तीन पत्रकार सम्मानित भएका छन् । गोकुल सामुदायिक वन समूहले साधारणसभाका अवसरमा वन वातावरण संरक्षण प्रवद्र्धन र विकासमा योगदान पुर्याएको भन्दै अवधी पत्रकार महासंघका अध्यक्ष एवं रेडियो कृष्णसार एफएफका अध्यक्ष राकेश मिश्र, सौर्य दैनिकका गुरुमुरत यादव र रेडियो बागेश्वरी एफएमका भीष्म लोधलाई सम्मानित गरेको हो । उनीहरुलाई नगद एक हजार, प्रमाणपत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।
त्यस्तै वन समूहले संस्थापक अध्यक्षसहित १२ जनालाई पनि सम्मान गरेको छ । संस्थापक अध्यक्ष मोहन यादव, पूर्वअध्यक्ष लक्षीराम यादव, पूर्वउपाध्यक्ष रामसुहावन यादव, पूर्वकोषाध्यक्ष खेमलाल सोनकर, कार्यसमिति सदस्य हास्मा अन्सारी, तिरथराम यादव, चंकबहादुर खड्का, असर्फी लोनिया, वन हेरालु त्रिभुवन यादव, राममनोरथ यादवलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै संस्थामा आवद्ध भएका निर्वाचित जनप्रतिनिधि डुडुवा ३ का वडा अध्यक्ष भण्डारीलाल यादव र वडा सदस्य मालतीप्रसाद यादवलाई समेत सम्मानित गरिएको थियो ।

Next Post

दोश्रो दिनको हक्कीमा पुलिस र आर्मी विजयी

२७ चैत्र २०७५, बुधबार १८:३९
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो । गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. […]

सम्बन्धित