कोहलपुरमा सेफ्टी ट्याङ्कीमा डुबेर दुईको मृत्यु

२६ चैत्र २०७५, मंगलवार १९:११
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर विसिले सो घटनामा कोहलपुर नगरपालिका वडानं. ११ मेरीस्टोभ्स नजिकै मंगलबार दिउसो ४ बजे सेफ्टीट्याङ्की सफा गर्नेे क्रममा सो घटना भएको जानकारी दिए ।
उनले सो घटनामा परेर मृत्युहुनेमा कोहलपुर नगरपालिका–१० चट्टारका ५० वर्षिय कुमार थारु र ५० वर्षिय चेतराम थारुको ज्यान गएको बताए । मृतकद्वयको शव सेफ्टी ट्याङ्कीबाट निकालेर पोष्टमार्टमको लागि पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसंधान सुरु गरेको जनाएको छ ।


फोटो विनोद भट्टराईको फेशबुक वालबाट

Next Post

नेपाल आर्मी र गण्डकी बराबरीमा

२६ चैत्र २०७५, मंगलवार १९:११
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधवार विहान भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे । खेलको […]