आठौँअन्तर्गत पुरुष हक्की भोलीबाट हुँदै

२६ चैत्र २०७५, मंगलवार १८:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगञ्जमा हुने भएको छ । नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने हक्कीका मुख्य प्रशिक्षक पिन्टु शर्माले जानकारी दिए ।
महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ५ नं. प्रदेश र कर्णाली प्रदेशको सहभागिता नहुने भएको हक्की प्रतियोगिताका प्राविधिक प्रमुख रञ्जन थापाले जानकारी दिए ।
महिला हक्की प्रतियोगितामा १०८ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । महिला हक्की ३० चैतदेखि गतेदेखि शुक्र मावि खजुरामा हुने थापाले बताए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक र प्रशिक्षक नेपालगञ्ज आइसकेको बताए ।

Next Post

जानकारी नदिई काम गर्दा त्रिभुवन चोक तनावमा

२६ चैत्र २०७५, मंगलवार १८:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा रहेको शालिकको भग्नावशेष सोमवार राती एक्कासी जेसिभी प्रयोग गरी भत्काउन खोजिएपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । स्थानीयको विरोध पछि शालिकको भग्नावशेष पनि पुरा नभत्काई छोडिएको छ । त्रिभुवनको शालिक २०६२/६३ को जनआन्दोलनमा भत्काइएको थियो । राम्रो काम गर्न लागेपनि रातीको समयमा पुर्व जानकारी नदिई […]