धरानमा बस पल्टिँदा ४ जनाको मृत्यु

  
  प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       | 81 Views   ||

सदरलाइनडटकम,
सुनसरी : धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।
बस पल्टँदा च्यापिएर मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टीको भाग ठोकिएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको थप विवरण आँउन बाँकी छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५     4:29:53 PM  |