दशगजाबाट दुई करोडको स्म्याक बरामद

२४ चैत्र २०७५, आईतवार १७:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय सीमावर्ती बजार रुपईडिहामा एक नेपाली आइतवार ५० लाख बराबरको स्म्याकसहित पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा तैनाथ रुपईडिहास्थित भारतीय पुलिस र शसस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले बिहान बाँके खजुरा गाउँपालिकाका वडा नंं. २ बस्ने रामबहादुर परियारलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले रुपईडिहास्थित रोडबेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले मोटरसाईकलको हेडलाईटभित्र लुकाई राखेको ५० ग्राम स्म्याक बरामद गरेको छ । बरामद स्म्याकको अन्तर्राष्ट्रीय मूल्य करीब ५० लाख पर्ने भारतीय प्रहरीले जनाएको छ ।
भारतमा लोकसभाको चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । जाँचमा कडाई गरेसँगै एक साताभित्र भारतीय प्रहरीले करीब दुई करोड बराबरको स्म्याक पक्राउ गरेको जनाएको छ ।

Next Post

मन्टेश्वरी शिक्षाको पाठ्यक्रमका बारेमा छलफल

२४ चैत्र २०७५, आईतवार १७:१९
सदरलाइनडटकम, नेपालगञ्ज  : बलबालिकामा शिक्षाको बलियो जग बसाउनको लागि सबै भन्दा तल्लो तहदेखि नै अभिभावकले ध्यान पुराउनु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । म्याक्सवेल बुक्स एण्ड स्टेशनरी नेपालगन्ज र मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरको आयोजनामा मन्टेश्वरी पाठ्यक्रम तथा वाताबरणको लागि एकदिने सेमिनारका सहभागिले सो कुरा औल्याएका हुन । […]