आठौंको तयारीअन्तर्गत खजुरामा सरसफाई

२४ चैत्र २०७५, आईतवार १४:५३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल बाँकेको खजुरा गाउँपालिकाको विभिन्न ठाउँमा हुने भएपछि तयारी तीब्र पारिएको छ । ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुने भएकाले ती खेलका लागि तयारी तीब्र पारिएको हो ।
आयोजक राष्ट्रिय खेलकुद परिषदको समन्वयमा खजुरा गाउँपालिका, बिद्यालय ब्यवस्थापन समिति, स्थानीयको सहकार्यमा खेल स्थलको तयारी, रंगरोगन, सरसफाई गरिएको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधिले बक्सिङ हुने ज्ञानोदय माबि, फुटबल हुने डि गाउँ स्कूल, हक्की हुने शुक्र माबि र भलिबल हुने शुक्र भलिबल स्टेडियममा सरसफाई गर्नुका साथै अन्य तयारीलाई अगाडी बढाईएको खजुरा गाउँपालिका कार्यपालिका सदस्य भागिरथ सुनारले जानकारी दिए ।
खजुरा गाउँपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल सञ्चालन हुने भएपछि त्यसको स्वागत गर्दै आएका खजुराबासीले आयोजकसंगको समन्वयमा तयारीलाई तनमनले सहयोग गरेको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताए । उनले आठौंका चार खेल हुने खजुरामा कुनै पनि किसिमको असहज र अप्ठ्यारो हुन नदिई ब्यबस्थापनलाई चुस्त पार्न खजुराबासीमा आग्रह गरे । खजुरामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल शान्त, सभ्य, भब्य रुपमा सम्पन्न गर्न खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको छ ।

Next Post

दाङमा बस दुर्घटना, १४ जना घाइते

२४ चैत्र २०७५, आईतवार १४:५३
सदरलाइनडटकम, दाङ : दाङको लमही नजिकै बस दुर्घटना हँुदा १४ जना घाइते भएका छन् । आइतवार बिहान १० बजे लमही ३ फल्कापुरमा बस दुर्घटनामा भएको हो । इलाका प्रहरी कार्यालय लमहीका अनुसार बुटवलबाट धनगढी जाँदै गरेको लु १ ख ८६३० नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो । बसको पट्टा […]