लिवियामा नयाँ संकट, रक्तपात रोक्न अपील

२३ चैत्र २०७५, शनिबार १५:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।
योसँगै विद्रोही सेना त्रिपोलीको झण्डै ५० किलोमिटर नजिक पुगेको छ, जहाँ उनीहरूको अन्य सशस्त्र समूहहरूसँग संघर्ष भइरहेको समाचार संस्था अलजजिराले लेखेको छ । राजधानी त्रिपोलीबाट लिवियाको अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ ।
यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निश्कर्षविहीन भएको छ । उनले राष्ट्र संघ सुरक्षा परिषदमा पनि हफ्तारलाई रोक्न अपिल गरेका छन् । हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढिरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्राष्ट्रीय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन् । त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपिल गरेका छन् ।
(एजेन्सी)

Next Post

पाकिस्तानले साढे तीनसय भारतीय कैदी रिहा गर्ने

२३ चैत्र २०७५, शनिबार १५:५९
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानले भारतसँग सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ । गत फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)लाई लक्षित गरेर आत्मघाती […]