एनआइसी एशिया बैंकको चमत्कारिक बचत खाता

२२ चैत्र २०७५, शुक्रबार १७:४५
 


सदरलाइनडटकम,
नेपालगञ्ज : निजी क्षेत्रको सबैभन्दा ठुलो वित्तीय संस्था भएको दाबी गर्ने एनआइसी एशिया बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न १५ वटा चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ । बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा चमत्कारिक योजना ल्याएको हो ।
सबै खालका ग्राहकलाई समेट्ने गरी चमत्कारिक बचत योजना ल्याइएको बैंकका नेपालगञ्ज क्षेत्रीय प्रवन्धक तेजराज तिमिल्सिनाले शुक्रवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबु नानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलब बचत खातालगायतका योजना ल्याइएको तिमिल्सिनाले बताए । उल्लेखित निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको १८ वटा घातक रोगको बिमा तथा १ लाख ५० हजार रुपैयाँसम्मका औषधी उपचार बिमा ग्राहकले प्राप्त गर्ने बैकका सेल्स आफिसर डिल्लीराजले जानकारी दिए ।
कर्जामा समेत विशेष छुट र सहुलित प्रदान गर्ने गरी योजना ल्याइएको जानकारी दिँदै बैंकका पूर्वप्रबन्धक तेजराजले बैकले ल्याइएका २२ चमत्कारिक योजनाले सबै क्षेत्रका ग्राहकलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको बताए । नेपालमा रहेका २८१ शाखाबाटै नै चमत्कारिक निक्षेप खाता खोल्न सकिने शर्माले जिकिर गरे । नेपालमा पहिलोपट स्विप इन स्विप आउटको सुविधाबाट बचत खातामा मुद्दति खाताकै सुविधा बैंकले प्रदान गर्नेछ । चमत्कारिक डायमण्ड खाताधनीले देशभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने पत्रकार सम्मेलनमा बताइएको छ ।

Next Post

नरैनापुरद्वारा प्राविधिक शिक्षालयको माग

२२ चैत्र २०७५, शुक्रबार १७:४५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाको विकासका लागि संघीय र प्रदेश मन्त्रालयहरुमा पुगेर ध्यानाकर्षण गराइरहेको डेलिगेशन टोलीले शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर नरैनापुरमा प्राविधिक शिक्षालय स्थापना गर्न माग गरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले मन्त्री पोखरेलसंग प्राविधिक शिक्षालय स्थापनाको माग गरेको प्रमुख […]

सम्बन्धित