प्रतियोगिताको प्रचारप्रसार गर्दै लायन्स क्लव

२१ चैत्र २०७५, बिहीबार १५:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधाराण् स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगञ्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् ।
लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगञ्जमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने दायित्व लायन्सकर्मीको पनि भएकोले प्रचार प्रसारमा सहयोग गर्ने निर्णयमा पुगेको लायन्स क्लव ३२५ वी ट का पूर्व डिष्ट्रिक्ट गभर्नर मधुसुदन शर्माले बताए । उनले प्रतियोगितालाई सफल बनाउन हरेक बाँकेबासीले सहयोग गर्नुपर्ने बताउँदै उनले आयोजकलाई आवश्यक अन्य सहयोग गर्न तयार रहेको बताए ।
‘नेपालगञ्जमा हुने प्रतियोगिता राम्रो भए जस र नराम्रो भए अपजस हामीले लिनु पर्ने हुन्छ,’ उनले भने । लायन्स क्लव ३२५ वी टु का पूर्व डिष्ट्रिक्ट गभर्नर शेम शाक्यले नेपालगन्जमा हुने प्रतियोगिताको अफनत्व लिन नेपालगन्जबासीसँग आग्रह गरे । उनले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमात्र प्रतियोगितालाई भब्य र सभ्य बनाउन सकिने धारणा राखे । ‘प्रतियोगितालाई सफल बनाउन जसले जे सक्छ त्यहि सहयोग गर्नु पर्छ,’ उनले भने । उनले नेपालगन्जबासीले गरेर देखाउने बेला यहि भएको समेत औँल्याए । लायन्स क्लवले बाँकेबाट संचालन हुने र अन्यबाट बाँकेमा आउने यातायातका साधनमा आठौँ राष्ट्रिय प्रतियोगिताको स्टिकर टास्न सहयोग गर्ने शाक्यले बताए ।
उनले प्रचार प्रसार भएमात्र प्रतियोगितामा सहभागिता बढ्ने बताए । संस्थागत रुपमा लायन्स क्लव पहिलो भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । उनले प्रतियोगिता नजिकिदै गएपछि सहयोग गर्नेको संख्या थपिदै गएको बताए । यसअघि नेपाल कवड्डी संघले पनि प्रचार प्रसारका लागि बाँकेका विभिन्न स्थानमा माइकिङ गर्ने प्रतिवद्धता जनाई सकेको छ । उसले आठौँ प्रतियोगिताको प्रचार प्रसार गर्न यहि चैत २५ गते बाँकेको विभिन्न स्थानमा पुगेर माइकिङ गर्ने अध्यक्ष डम्बर थापाले बताए ।
त्यस्तै ग्रिन नेपालगञ्ज, क्लिन नेपालगञ्जले दुई साता अघिदेखि नै नेपालगञ्जमा सरसफाई अभियान थालेको छ । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज पाहुना, खेलाडी, प्रशिक्षक, एम्पाएरलाई सफासुग्घर नेपालगन्जले स्वागत गर्न सरसफाई अभियान थालेको अभियन्ता हेमन्तराज काफ्लेले बताए । उनले सफाई भएमात्र नेपालगञ्जको इज्जत जोगिने भएकोले सरसफाई अभियान थालेको बताए ।

Next Post

डोल्पामा आगलागी, ३५ लाखको क्षति

२१ चैत्र २०७५, बिहीबार १५:१६
सदरलाइनडटकम, डोल्पा : हिमाली जिल्ला डोल्पामा बुधवार राति आगलागी भएको छ । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो । आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ । विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप […]