खजुरामा अपांगतालाई परिचयपत्र प्रदान

१९ चैत्र २०७५, मंगलवार १७:५६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : अपांगता भएका व्यक्तिहरुले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले खजुरा गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । खजुरा गाउँपालिका वडा नं. ८ बाट आज मंगलवारदेखि अपांगता परिचयपत्र वितरण शुरु गरिएको हो ।
विगतमा वितरण गरिएका अपांगता परिचयपत्रलाई अध्यावधिक गर्दै नयाँ परिचयपत्र वितरण शुरु गरिएको जनाइएको छ । खजुरा गाउँपालिलका महिला बालिबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रमको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले प्रभावकारी सेवाका साथै सेवा प्रभावहलाई पारदर्शी बनाउन परिचयपत्रले सहजता तुल्याउने बताए ।
उपाध्यक्ष एकमाया विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. ८ का अध्यक्ष फिरोज खानले वडाबासीलाई प्राप्त सेवा लिन आग्रह गरे । चैत २६ गतेसम्म खजुराका ८ वटा वडामा उक्त कार्यक्रम सञ्चालन हुनेछ । वडा नं. ८ मा ४० जना परिचयपत्र लिएको महिला बालिबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन् । अपांगता परिचयपत्र वितरण गर्दा ४ वर्गमा विभाजन गरिएको छ ।
प्रमुख न्यौपानेका अनुसार क वर्गमा पर्ने ११ जना, ख वर्गमा पर्ने १५ जना, ग वर्गमा पर्ने १० र घ मा पर्ने ७ जनाले परिचयपत्र पाएका छन् । जस मध्ये ११ महिला र २९ जना पुरुष रहेका छन् । क वर्गलाई सरकारले मासिक २ हजार रुपैयाँ, ख वर्गमा पर्नेलाई ६ सय रुपैयाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ भने ग र घ वर्गमा पर्ने अपांगता भएका व्यक्तिले अस्पताल, लाइन बस्दा, सार्वजनिक सवारी, लोकसेवा आयोग तथा अन्य आरक्षणमा सेवा पाउने गरेको उनले जानकारी दिइन ।

Next Post

बाँकेमा फरुवाले हानेर श्रीमतीको हत्या

१९ चैत्र २०७५, मंगलवार १७:५६
सदरलाइनडटकम, डुडुवा (बाँके) : फरुवाले हिर्काउँदा बाँकेमा महिलाको मृत्यु भएको छ । फरुवाले हिर्काउँदा डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वाका ५० वर्षीय बुद्धिराम मुराउकी अन्दाजी ३५ वर्षीया पत्नी राधा मुराउको मृत्यु भएको हो । राधा बुद्धिरामकी दोस्री श्रीमती हुन् । घर नजिकैको बारीमा आलु खन्ने र प्याजमा पानी सिंचाइ गर्ने क्रममा बुद्धिरामले […]