दैलेख केन्द्रबिन्दु भएर भूकम्प

१९ चैत्र २०७५, मंगलवार १४:५६
 

सदरलाइनडटकम,
दैलेख : दैलेख केन्द्रबिन्दु भएर सोमवार राति भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । सोमवार साँझ भूकम्प गएको समयमानै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर शुरु भएको हावाहुरी करीब आधा घण्टा चलेको थियो ।

Next Post

सिंहवाहिनीद्वारा कुमाललाई आर्थिक सहयोग

१९ चैत्र २०७५, मंगलवार १४:५६
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : सिंहवाहिनी नृत्य कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाएका बाँकेका सुरेश कुमाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं.१ स्थित कुशुममा रहेको कुमालको घरमा पुगेर कला मन्दिरका अध्यक्ष तारा केसी र कोषाध्यक्ष सिमा चन्दले आर्थिक सहयोग प्रदान गरेका हुन् । […]

सम्बन्धित