खजुरामा हुने चारवटा खेलका लागि तयारी तीव्र

१८ चैत्र २०७५, सोमबार १७:४३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल बाँकेको खजुरा गाउँपालिकाको विभिन्न ठाउँमा हुने भएको छ । ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खजुरा गाउँपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल सञ्चालन हुने भएपछि त्यसको स्वागत गर्दै सोमवार खजुरामा समन्वय बैठक सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले राष्ट्रिय विभूतिका रुपमा रहेका खेलाडीको भावनाको सम्मान गर्न खजुराबासीलाई आग्रह गरे । खजुरामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल शान्त र सभ्य ढंगबाट सम्पन्न हुने विश्वास व्यक्त गर्दै सदस्य सचिव बिष्टले प्रतियोगिता सम्पन्न भएसंगै नयाँ पुस्तामा खेलप्रति अझै रुची पैदा हुने बताए । उनले खेलले मानिसलाई नैतिकवान, देशभक्त बनाउने उल्लेख गर्दै राजनीतिक, सामाजिक र आर्थिक पक्षमा खेलले ठूलो पभाव पार्ने बताए ।
उनले खजुरालगायत शुरु गरेका खेलकुदका योजना ८ औं पछि पनि निरन्तर संचालन हुने दावी गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरामा ४ खेल हुनु आफैमा गर्वको कुरा भएको भन्दै खेल सम्पन्न गर्न तनमनले अभियानमा लाग्ने बताए । उनले खजुरा मातहत रहेका सबै सरकारी निकाय, गैरसरकारी संस्था, विद्यालय, क्लव तथा सबै खेलप्रेमीलाई आठौंको मिसनमा लाग्न निर्देशन दिए । अध्यक्ष कक्षपतिले खजुरामा ८ औं राष्ट्रिय खेलकुदका ४ खेल हुने भएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवादसमेत व्यक्त गरे । क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बाँकेबासी परिणाम प्राप्त गर्ने ठाउँमा पुगेको बताउँदै नेपाली खेलकुदमा नयाँ इतिहास रचिने बताए ।
उनले देशका विभिन्न ठाउँबाट आउने खेलाडीलाई स्वागत गर्दै शान्तिपूर्ण सभ्यताका साथ खेल सम्पन्न गर्न खजुराबासी लाग्न आग्रह गरे । ज्ञानोदय नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी र शुक्र भलिबल स्टेडियम निर्माण उपभोक्ता समितिका अध्यक्ष धनीराम वलीले खेलको माध्यमबाट खजुरालाई चिनाउन आफुहरु तयार रहेको बताए । यसैवीच खजुरामा हुने खेललाई भब्य र शब्यरुपमा सम्पन्न गर्न खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको छ । समितिका संयोजक कक्षपतिले ४ वटा खेलका लागि ४ वटा उपसमिति गठन गरी तयारी थालिने बताए ।

Next Post

‘मेगा रेमीट’ अब अष्ट्रेलियाबाट

१८ चैत्र २०७५, सोमबार १७:४३
सदरलाइनडटकम, काठमाडौँ, : मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो । यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक […]