द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहिद घोषणापछि आफन्तले गरे दिप प्रज्ज्वलन

१७ चैत्र २०७५, आईतवार १६:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीलाई राज्यले शहिद घोषणा गर्दै उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेपछि बाँकेका द्वन्द्वपीडितले पुनः राज्यमा कहिल्यै द्वन्द्व नहोस भन्ने कामना गर्दै शान्ति दीप प्रज्ज्वलन गरेका छन् ।
नेपालगञ्जको त्रीबेणीमोड नजिकै रहेको शान्ति स्मारक अगाडि द्वन्द्वपीडित एकल महिला सञ्जालको अगुवाईमा आयोजित कार्यक्रममा मुलुकलाई पुनः द्वन्द्वमा नधकेल्न आग्रह गरेका हुन् । सशस्त्र द्वन्द्वमा ज्यान गुमाउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीलाई राज्यले शहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको अवशरमा शान्तिदिप प्रज्ज्वलन गर्दै कसैले पनि द्वन्द्वका कारण आफ्नो परिवार गुमाउनु नपरोस भन्ने आग्रह गरिएको हो ।
बाँकेकोे खजुरा गाउपालिकाका उपाध्यक्ष तथा द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेकी पूर्व अध्यक्ष समेत रहेकी एकमाया विकले विगतमा द्वन्द्वले धेरैको घर उजाडेको, धेरै महिलालाई एकल बनाएको र धेरै बालबालिकालाई टुहुरो बनाएको स्मरण गर्दै राज्यमा अब द्वन्द्व होईन सहमति र सम्बृद्धि आवश्यक रहेको उल्लेख गर्दै पुनः राज्यमा द्वन्द्व कसैले पनि नगरोस र राज्यले पनि समय मै बार्ताबाट अन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने पहल गर्न आग्रह गरिन ।
उनले भनिन–‘यो द्वन्द्वले कसैको पनि भलो गर्दैन हामीले अनाहकमा हाम्रो परिवारको सदस्य गुमाउनु पर्यो । विगतमा जे भयो भयो अव भने द्वन्द्वको कारण कसैले पनि ज्यान गुमाउन नपरोस ।’
उनले आन्दोलनले विनास निम्त्याउने भएकोले सहमतिको बिकल्प नभएको भन्दै राज्यले ढिलै भएपनि आफुहरु प्रति न्याय र सम्मान दिएको बताईन ।
द्वन्द्वमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारजनले आफुहरुलाई परिवारको सदस्य गुमाएको पीडा भएपनि लामो समयपछि राज्यले उनीहरुको नाम राजपत्रमा प्रकाशित गरी शहिद घोषणा गरेर न्याय दिएको अनुभुति गर्न पाएको भन्दै शान्तिदिप प्रज्ज्वलन गरी अविर लगाई खुसी साटासाट समेत गरिएको थियो ।
नेपालगन्जको त्रीबेणीमोडमा रहेको शान्तिस्मारकमा सशस्त्र द्वन्द्वको बेलामा ज्यान गुमाएका प्रहरी, सेना तथा सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायमा कार्यरत रहेका उनीहरुको आफन्तले पुष्पगच्छा अर्पण गर्नुको साथै दिप प्रज्ज्वलन गरेका थिए । १० वर्षे द्वन्द्वका क्रममा विभिन्न मिति र समयमा शाहदात प्राप्त गर्ने २३२ जना सुरक्षाकर्मीको नाम सो शान्ति स्मारकमा उल्लेख गरिएको छ ।

Next Post

आठौं राष्ट्रिय खेलकुद सफल पार्न सचिव बिष्टको आव्हान

१७ चैत्र २०७५, आईतवार १६:१८
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैलाई लाग्न आव्हान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार उपसमितिले आइतवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव बिष्टले आठौं खेलकुद यस क्षेत्रमा भएकोले सबै मिलेर सफल बनाउनुपर्ने बताए । प्रदेश […]

सम्बन्धित