आजैदेखि जलबिन्दुको बारेमा कुरा गरौ

१७ चैत्र २०७५, आईतवार १३:४२
 

जलबिन्दु भनेको एक प्रकारको रोग हो । जसमा बिस्तारै बिस्तारै दृष्टी नशाको क्षति हुन्छ । यसमा छेउको दृष्टी हराउदै गएर अन्तमा मानिसलाई दृष्टी विहीन बनाउछ । जलबिन्दुको प्रमुख कारण आँखा भित्रको चाँप (IOP 10-21mmHg) हो । प्रायः आँखा भित्रको चाँप धेरै भएर दृष्टी नशाको क्षति हुन्छ । कसै कसैलाई IOP Normal पनि हुन सक्छ ।
स्वास्थ्य आँखा
एउटा स्वास्थ्य आँखा भित्र तरल पदार्थ जुन गतिमा बगेर निस्कन्छ सोही गतिमा उत्पादन हुन्छ । बगेर जाने प्रणालीमा अवरोध उत्पन्न भएर तरल पदार्थको निकासीमा कमि वा निकास हुनै नसक्ने स्थितीमा चाँप बढछ । यस प्रारम्भिक चरणमा जलबिन्दुको केही मात्र लक्षण देखिन सक्छ वा कुनै लक्षण नै नदेखिन सक्छ । तसर्थ यसले कुनै चेतावनी बिना नै दृष्टी विहिन गराउन सक्छ । वास्तवमा जलबिन्दु भएको व्यक्तिलाई रोग लागेको थाहा नहुन सक्छ ।
जलबिन्दुको प्रकार
१ जन्मजात हुने जलबिन्दु
लक्षण
 आँखाको आकार बढ्नु ।
 शिशुको आँखाबाट पानी बगीरहनु ।
 शिशुले घाम वा बत्तिमा हेर्न नसक्नु ।
२ वयस्कमा हुने जलबिन्दु
लक्षण
 यस अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ तर बिरामीको परिवारमा कसैलाई जलबिन्दु भएको हुन सक्छ ।
३ आँखा भित्रको तरल पदार्थ निस्कने बाटो (कोष) खुल्ला हुदाँ पनि हुने जलबिन्दु Open Angle Glaucoma


लक्षण
 यस अवस्थामा कुनै लक्षण नहुन सक्छ त्यसैले बिरामीको दृष्टी गैसकेपछी अस्पताल पुग्न सक्छन ।
४ आँखा भित्रको तरल पदार्थ निस्कने बाटो (कोण) बन्द भएर हुने जलबिन्दु (Close Angle Glaucoma)
लक्षण
 अत्याधिक आँखा दुख्नुका साथै दृष्टी धमिलो हुनु ।
 बत्तिको वरीपरि इन्द्रेणी जस्तो रंग देखिनु
 टाउको दुख्नु,वाक वाकी लाग्नु र बान्ता हुनु ।
यी लक्षणहरु प्रायः नजीकको काम गर्दा र अध्यारोमा काम गर्दा हुन सक्छ ।
जलबिन्दुको जोखिम क—कस्लाई हुन सक्छ त ?
 परिवारमा कसैलाई जलबिन्दु छ भने (वंशाणुगत) ।
 उमेर ४० बर्ष भन्दा बढी पुगेको मानिसलाई।
 मधुमेह रोग लागेको मानिसलाई ।
 लामो अवधिसम्म स्टेरोइडसको प्रयोग गरेको मानिसलाई ।
 आँखामा चोट पटक लागेको मानिसलाई ।
 मोटो चस्मा प्रयोग गर्ने मानिसलाई
कसरी थाहा पाउने त ?
सर्वाेतम उपाय भनेको माथि उल्लेखित लक्षण वा जोखिममा परेका व्यक्तीले आँखा रोग विशेषज्ञद्धारा आँखाको सम्पुर्ण जाँच गराउनु नै हो । जसमा
(१) आँखा भित्रको चाप प्रेशर
(२) आँखाको तरलबग्ने प्रणालीको (कोण) साथै दृष्टी नशाको परिक्षण गर्ने कुराहरु पर्दछन ।
जलबिन्दुको शंका लागेमा अतिरिक्त परिक्षण जस्तै
(१) आँखाको पेरिफेरल वा छेउको दृष्टीको जाँच (भिजुयल फिल्ड टेष्ट )
(२) ओ.सि.टी पनि गरिन्छ ।
जलबिन्दुको उपचार बिधिहरु
यसलाई निर्मुल पार्ने कुनै उपचार बिधि छैन तर IOP लाई कम गरि दिर्घकालिन नियन्त्रण गर्न सकिन्छ ।
(१) लेजर प्रबिधिः प्राय यो विधि आँखाको तरल पदार्थ बग्ने कोण साघुरो भएको अवस्थामा गरिन्छ ।
(२) आँखामा हाल्ने औषधीद्धारा : चिकित्सको सुझाव अनुसार औषधिको नियमित प्रयोग गर्नु पर्छ मुख्य ध्यान दिनु पर्ने कुरा औषधीको प्रयोग गर्दा कुनै दिन वा कुनै पटक पनि भुल्नु हुदैन ।
(३) शल्यकृया : माथिका कुनै बिधिबाट आँखाको चाँपलाई कम गर्न सकिएन भने शल्यकृया गर्न सकिन्छ तर कसैलाई शल्यकृया पछी पनि औषधी हाल्नु पर्ने हुनसक्छ ।
जलबिन्दुले गर्दा गुमेको दृष्टीलाई फिर्ता गर्न सकिदैन तसर्थ यसले मानिसलाई पुन : निको पार्न नसकिने गरि दृष्टी विहीन बनाउन सक्छ ।
आजैदेखि जलबिन्दुको बारेमा आफु पनि सचेत बनौ र अरुलाई पनि सचेत गराई दृष्टी विहीन हुनबाट बचौ र बचाउ । आजै जलविन्दुृको जाँच गराऔं ।

Next Post

ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित चार पक्राउ

१७ चैत्र २०७५, आईतवार १३:४२
सदरलाइनडटकम, झापा : ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित झापामा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएका प्रहरी टोलीले २२ लाख बढी मूल्य बराबरको यौनवर्धक औषधि तथा विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधिसहित बाह्रदशी गाउँपालिका ४ बस्ने २४ बर्षीय सम्दान हुसेन, सोही ठाउँका […]