जारको पानी खाँदै हुनुहुन्छ यस्तो भेटियो !

१६ चैत्र २०७५, शनिबार १९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा प्रशोधित र शुद्ध पानी पिउनको लागि जारमा विक्रिको लागि बजारमा राखिएको पानीमा लेदो भेटिएको छ । जिल्ला समन्वय समिति बाँकेमा खरिद गरी पुराईएको पानीको जारमा कालो लेदो सहितको अखाद्यय बस्तु भेटिएपछि कार्यालयको गेटमा राखिएको अवस्थामा फेला परेको हो ।
कार्यालयमा आउने सेवाग्रँहीको लागि ल्याईएको जारको पानीमा लेदो भेटिए पछि त्यतिकै राखिएको छ जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले जानकारी दिए ।
फोटोमा देखिएको जारमा बाहिरी आँखाले कालो पदार्थ स्पष्ट देखिने गरी नै तैरिएको अवस्थामा देख्न सकिन्छ । पछिल्लो समयमा जारमा उत्पादन गरेका पानी उद्योगहरु प्रसस्त खुलेका छन् ।
बजारमा पाईने जारमा उत्पादन कम्पनीको नाम खुल्ने केही पनि नराखी विक्रि गर्दा कुन कम्पनीको उत्पादन हो भन्ने खुल्न नसक्दा उपभोक्ताले पिउने पानी शुद्ध पिउने भन्दै जारको पानी किन्दा लेदो युक्त पानी किन्दा उपभोक्ता ठगिदा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

Next Post

आजैदेखि जलबिन्दुको बारेमा कुरा गरौ

१६ चैत्र २०७५, शनिबार १९:२१
जलबिन्दु भनेको एक प्रकारको रोग हो । जसमा बिस्तारै बिस्तारै दृष्टी नशाको क्षति हुन्छ । यसमा छेउको दृष्टी हराउदै गएर अन्तमा मानिसलाई दृष्टी विहीन बनाउछ । जलबिन्दुको प्रमुख कारण आँखा भित्रको चाँप (IOP 10-21mmHg) हो । प्रायः आँखा भित्रको चाँप धेरै भएर दृष्टी नशाको क्षति हुन्छ । कसै कसैलाई IOP […]