लोकतन्त्र जनतासम्म पुराउने सेतु स्थानीय तह : काँशीराज दाहाल

१६ चैत्र २०७५, शनिबार १५:५३
 


सदरलाइनडटकम,
नेपालगञ्ज : प्रशासकीय अदालतका अध्यक्ष तथा उच्चस्तरीय प्रशासन अनुगमन आयोगका संयोजक काशीराज दाहालले स्थानीय तह नै लोकतन्त्रको लाभ जनतासम्म पु¥याउने सशक्त माध्यम भएको बताएका छन् ।
उनले शनिवार नेपालगञ्जमा गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा ‘स्थानीय सरकार संचालनको समीक्षात्मक अन्तरक्रिया’मा बोल्दै सो कुरा बताएका हुन । अध्यक्ष दाहालले स्थानीय तहका जनप्रतिनिधिले कानूनको अधिनमा रही जनतासंग गरेका बाचा पूरा गर्नुपर्ने बताए ।
उनले भने–‘हाम्रो चलन दामासाहीले वडामा बजेट बाँडफाँड गर्ने रहेको छ त्यो परिपाटीलाई त्यागेर बाँडफाँडको आधार होईन प्राथमिकताको आधारमा बजेट छुट्याउँदै लोकतन्त्रको असल संस्कार र अभ्यास शुरुवात गर्नु पर्छ ।’ उनले अन्तिममा आएर असारमा काम गर्ने प्रवृतिले अनियमितता र भ्रष्ट्राचार बढ्ने भन्दै समयमै योजना निर्माण, बजेट विनियोजन र विकास निर्माणका कामा अगाडि बढाउनु पर्ने सुझाव स्थानीय तहलाई दिए ।
स्थानीय सरकारलाई पहिलो डेढ वर्ष सिकाई र अनुभव प्राप्त गर्ने, कानून निर्माण गर्ने कुरामा समय खर्च गर्नु परेको बताउँदै दाहालले अब भने पुरानो पद्धतीले होइन नयाँ सोचका साथ जनताको अधिकार स्थापित गर्न लाग्नु पर्ने उल्लेख गरे ।
सेवा प्रवाहमा नागरिकको सहज पहुँच हुनु पर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधानले स्थानीय तहलाई विधायक, कार्यकारणी र न्यायिक तीन वटै अधिकार प्रदान गरेको बताए ।
संस्थागत विकास संजाल ललितपुरको समन्वय र जनजागरण समाज, बाँकेको व्यवस्थापन तथा ब्रेड फर द वल्र्ड, जर्मनीको आर्थिक सहयोगमा भएको अन्तरक्रियामा बाँके जिल्ला अदालतका मूख्य न्यायाधीश विष्णु सुवेदीले न्यायिक सन्दर्भमा स्थानीय तहसंग समन्वय गरेर जान तयार रहेको भन्दै परेको खण्डमा स्थानीय तहमा पुग्ने बताए । उनले बाँकेका स्थानीय तहमा भएका न्यायिक समितिलाई सहयोग पुग्ने खालको कार्यक्रम लिएर स्थानीय तहले बोलाएको खण्डमा आफुहरु जान र सहयोग गर्नको लागि तयार भएको स्पष्ट पारे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लोकतन्त्रको असल अभ्यास गर्दै राजनीतिक आग्रह पूर्वाग्रह नभई आवश्यकतामा आधारित योजना र कार्यक्रम संचालन गर्नु पर्ने कुरामा जोड दिए ।
गाउँपालिका राष्ट्रिय महासंघ सचिवालय सदस्य किस्मत कुमार कक्षपतिले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समस्या, अनुभव आदानप्रदान गर्ने, योजना र खर्च, राम्रो अभ्यास र खराब अभ्यास जस्ता कुराहरुमा खुलेर छलफल गरिने बताए ।
कार्यक्रममा बाँकेको ६ वटा गाउँपालिका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुको सहभागिता रहेको छ । देशभर ४६० गाउँपालिका रहेका छन । 

Next Post

वैज्ञानिकले बनाए पुरुषका लागि गर्भनिरोधक चक्की

१६ चैत्र २०७५, शनिबार १५:५३
सदरलाइनडटकम, काठमाण्डौ : अहिलेसम्म अस्थायी गर्भ निरोधका लागि पुरुषहरुले कण्डमको प्रयोग र स्थायीको लागि बन्ध्याकरण नै गर्दै आएका छन् । तर अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निरोध गर्न सक्नेछन् । हो वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन् । […]