निर्मला हत्या प्रकरणमा अछामबाट दुई पक्राउ

१४ चैत्र २०७५, बिहीबार १४:०९
 

सदरलाइनडटकम,
अछाम : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकास्पद भन्दै थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सिआइबीको टोलीले अछामबाट उक्त घटनाको छानबिनका लागि दुई जनालाई पक्राउ गरेको हो ।
केहीदिनअघि पक्राउ गरेर बयान लिएको सिआइबीको टोलीले उनीहरूको बयान शंकास्पद लागेपछि थप अनुसन्धानका लागि काठमाण्डौ लगिँदै छ । पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । यो प्रकरणमा यसअघि पनि केही व्यक्तिलाई पक्राउ गर्ने र स्थानीय तथा अधिकारवादीको दबाबमा छोड्ने काम हुँदै आएको छ ।
प्रहरीले भने बाह्य दबावका कारण अनुसन्धान गर्न नसकिएको गुनासो गर्दै आएको छ । यता, प्रहरी अधिकारीले अनुन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलगायत अधिकृत बर्खास्त र निलम्बनमा परेका छन् ।

Next Post

नेपालगञ्ज रंगशालामा प्याराफिट जडान तीव्र

१४ चैत्र २०७५, बिहीबार १४:०९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तीव्ररुपमा अघि बढाइएको छ । प्याराफिटको अन्य प्रावधिक काम सगं सगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जनाए । १० दिनभित्र भिआइपि प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ […]

सम्बन्धित