विप्लवका चार कार्यकर्ता सल्यानमा पक्राउ

१२ चैत्र २०७५, मंगलवार १५:२०
 

सदरलाइनडटकम,
सल्यान : सल्यान प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना जिल्लास्तरीय नेताहरूलाई पक्राउ गरेको छ । प्रहरीले पार्टीका जिल्ला सदस्य मदन केसीसहित अन्य तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
विभिन्न समयमा गरेर अहिले नेकपाका चार जना जिल्लास्तरीय नेताहरू प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भीमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ ।
विभिन्न आरोपमा उनीहरूलाई फरक फरक दिन पक्राउ गरिएको डिएसपी शाहीले बताए । पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । पार्टीमा आस्था भएकै कारण नेताहरूलाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा सल्यानले आपत्ति जनाएको छ ।

Next Post

लेनदेन आरोपमा फरार व्यक्ति प्रहरीको फन्दामा

१२ चैत्र २०७५, मंगलवार १५:२०
सदरलाइनडटकम, दाङ : जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन आरोपमा फरार रहेका तुलसीपुरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी बिनोद बिक्रम शाहका अनुसार तुलसीपुर ५ का यादवप्रसाद भण्डारीलाई पक्राउ गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतले २०७३ साल मंसिर २० गते एक लाख ३५ […]

सम्बन्धित