निलम्बित डिएसपी जिसी अदालतमा हाजिर

११ चैत्र २०७५, सोमबार १३:४९
 

सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी सोमवार अदालतमा हाजिर भएका छन् ।
उनी आफ्नो वकिलसँगै कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दीलिप विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा अदालतमा मुद्दा दर्ता गरेका थिए ।
जिसीलाई जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले सोमवारदेखि वयान लिने अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । वयानपछि थुनछेक बहस हुने उनको भनाई छ ।

Next Post

ठूलो परिमाणको प्रतिबन्धित कुखुरा बरामद

११ चैत्र २०७५, सोमबार १३:४९
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण थारुको नेतृत्वमा खटिएको टोलीले आज बिहान पौने ६ बजे चौलिक्का चोकबाट उक्त कुखुरा बरामद गरेको हो । भन्सार नाका छलि भारतबाट […]

सम्बन्धित