सलाई कोर्दा दाङमा बहिनीको मृत्यु

११ चैत्र २०७५, सोमबार १३:३३
 

सदरलाइनडटकम,
दाङ : दाङमा एकजना बालकले सलाई कोरेर आगो लगाउँदा उनकी बहिनीको जलेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती बस्ने हिमाल रानाको ३ बर्षीय छोरा अमित रानाले सलाई कोरेर लगाएको आगोवाट उनको १ महिनाको बहिनी संगिता रानाको जलेर मृत्यु हुन पुगेको छ ।
जिल्ला प्रहरी प्रवक्ता तथा सुचना अधिकारी विनोद विक्रम शाहले आइतवार बेलुका बहिनीसंगै बसेका अमितले सलाई कोरी खेल्ने क्रममा घर भित्रै बहिनी सुतेको कपडामा आगो लगेको बताए । ‘साना केटाकेटीको पहुँचमा ज्वलनसिल पदार्थ राख्दा दुःखद घटना भएछ,’ डिएसपी शाहले भने ।’ ३ बर्षीय अमृतलाई आगो लगाउँदा के हुन्छ भन्ने ज्ञान नहुनुले उनको बहिनीको जलेर मृत्यु हुन पुगेको देखिन्छ ।’
दाजु बहिनी मात्रै भित्र रहेको अवस्थामा अमृतले बहिनीको कपडामा आगो लगाए पछि उनी जलेर गम्भीर घाइते भएकी थिइन । शिशुको रुपन्देहीस्थित लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा आगोवाट अन्य कुनैपनि क्षति नभएको बताइएको छ ।

Next Post

निलम्बित डिएसपी जिसी अदालतमा हाजिर

११ चैत्र २०७५, सोमबार १३:३३
सदरलाइनडटकम, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी सोमवार अदालतमा हाजिर भएका छन् । उनी आफ्नो वकिलसँगै कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दीलिप विष्टका […]