नेपालगञ्जमा सालको अवैध काठ बरामद

११ चैत्र २०७५, सोमबार १३:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बन कार्यालयको टोलीले नेपालगञ्जमा बेवारिसे अवस्थामा अवैध काठ बरामद गरेको छ । डिभिजन बन कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले नेपालगञ्ज १० गोसाइँगाउँबाट बेवारिसे अवस्थामा ३ थान सालको अवैध गोलिया बरामद गरेको हो ।
स्थानीयले सोमवार बिहान खबर गरेपछि गोसाइँगाउँको पुर्व पट्टी रहेको खाली चौरबाट २५ दशमलव ६० क्युफिट सालको गोलिया र २ थान साईकल बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ र साईकललाई आवश्यक अनुसन्धानका लागि डिभिजन बन कार्यालयमा राखिएको डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए ।

Next Post

सलाई कोर्दा दाङमा बहिनीको मृत्यु

११ चैत्र २०७५, सोमबार १३:२७
सदरलाइनडटकम, दाङ : दाङमा एकजना बालकले सलाई कोरेर आगो लगाउँदा उनकी बहिनीको जलेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती बस्ने हिमाल रानाको ३ बर्षीय छोरा अमित रानाले सलाई कोरेर लगाएको आगोवाट उनको १ महिनाको बहिनी संगिता रानाको जलेर मृत्यु हुन पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता […]