वरीलाल यादवको निशुल्क ट्यूमर झिकियो

१० चैत्र २०७५, आईतवार १९:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले बाँके नरैनापुर–६ दोन्द्राका ७२ वर्षिय जेष्ठ नागरिकको बायाँ गालामा रहेको डेढ किलोको ट्युमरको निशुल्क सफल शल्यकृया गरेको छ ।
बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ६ दोन्द्राका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा १० बर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेशन गरिएको अस्पतालका निर्देशक डा.एम किडवाईले जानकारी दिए ।
सानै उमेरमा बुवा आमा गुमाएका, आफन्त कोही पनि नभएका असहाय, आर्थिक समस्याले उपचार गर्न नसकिरहेका व्यक्तिलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैं व्यहोरेर उपचार गरेको अस्पतालका निर्देशक डा किदवाईले बताए ।
विपन्न तथा अति विपन्न व्यक्तिहरुलाई स्थानीय सरकारले सिफारिस दिएको अवस्थामा अस्पतालले उनीहरुको निःशुल्क उपचार गर्दै आइरहेको अप्तपतालका सह निर्देशक डा.कुमार पोर्खेलले जानकारी दिए । अस्पतालले बाँकेका पत्रकारलाई पचास प्रतिशत उपचारमा छुट दिदै आएको छ ।
चैत्र ७ गते अस्पताल भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा.द्वारिकाप्रसाद बजगाईं, डा.अरुणकुमार महत तथा नाक, कान, घाँटी विशेषज्ञ डा.अंशु शर्मा, एनेस्थेटिक डा.नवीन रेग्मी, डा.कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक कर्मचारीहरुको टिमले सफल अपरेशन गरेको अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए ।
अपरेशन गर्दा स्नायुहरुमा क्षति पुग्ने जोखिम हुने भएपनि आफूहरुले २ घण्टा लगाएर सफलतापूर्वक अपरेशन गरेको र अहिले विरामीको अवस्था खतरामुक्त रहेको डा.बजगाईंले बताए । यस खाले ट्युमर पलाएका विरामी धेरै भएपनि यति ठूलो ट्युमर विरलै हुने गरेको डा. बजगाईंको भनाई छ । 

Next Post

भलिबल खेल्दा भएको झडपमा एकको मृत्यु

१० चैत्र २०७५, आईतवार १९:३९
सदरलाइनडटकम, बझाङ : भलिबल खेल्दा विवादपछि भएको झडपमा बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय आनन्द विकको ज्यान गएको छ । आइतवार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका […]