चार बुँदे सहमतिपछि धनगढी बन्द फिर्ता

१० चैत्र २०७५, आईतवार १५:३९
 
तस्बिर : ईमेज खबर ।

सदरलाइनडटकम,
कैलाली : चार बुँदे सहमतिपछि धनगढीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको छ । साथै धनगढी अत्तरिया सडकमा यातायात पनि सुचारु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आइतवार विहानैदेखि धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड, कैलाली प्रहरी प्रमुख आभुषण तिम्सिना लगायत र पीडित पक्षबीच भएको छलफलपछि सडक खुलाइएको हो । सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले मृत फेला परेका धनगढीका जनक ढुङ्गालको शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताललाई विशेषज्ञ टोली ल्याउन आग्रह गर्ने भएको छ ।
घटनाको अनुसन्धानलाई निरन्तरता दिने, कानुन बमोजिमको क्षतिपुर्तिका लागि पहल गर्ने र राहतका लागि स्थानीय तहसँग अनुरोध गर्ने सहमतिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिईएको हो । स्थानीय र पीडित पक्षले ढुङगालको मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गर्दै आएका थिए ।

Next Post

वरीलाल यादवको निशुल्क ट्यूमर झिकियो

१० चैत्र २०७५, आईतवार १५:३९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले बाँके नरैनापुर–६ दोन्द्राका ७२ वर्षिय जेष्ठ नागरिकको बायाँ गालामा रहेको डेढ किलोको ट्युमरको निशुल्क सफल शल्यकृया गरेको छ । बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ६ दोन्द्राका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा १० बर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेशन गरिएको अस्पतालका […]