नेपालको विकासमा पाकिस्तानले सहयोग गर्ने

  
  प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५       | 33 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानको ७९औं स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ । पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा राजदूत जावेदले नेपालको शान्ति स्थायित्व र विकासमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए । उनले पाकिस्तान र नेपालबीचको सांस्कृतिक, सामाजिक, पर्यटकीय र आर्थिक सम्बन्ध बलियो भएको भएको बताए । स्वतन्त्रता दिवसको अवसरमा राजदूतावासले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो । सन् १९४७ मा मोहम्मद अलि जिन्नाको नेतृत्वमा पाकिस्तान बेलायत शासित भारतबाट स्वतन्त्र बनेको थियो ।

प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५     2:59:08 PM  |