राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

६ चैत्र २०७५, बुधबार १५:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चयन भएका छन् । प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार यसपटक भण्डारी संयोजक बनेका हुन् ।
राजपा अध्यक्ष मण्डलको गत फागुन २९, ३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
राजपामा अध्यक्ष मण्डलका ६ जना सदस्य पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवेशनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते पार्टी एकताको महाधिवेशन हुँदैछ ।

Next Post

अफ्रिकी मुलुकमा समुद्री चक्रवात, लाखौं प्रभावित

६ चैत्र २०७५, बुधबार १५:२७
सदरलाइनडटकम, काठमाण्डौ : संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् । राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मैसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने जनाएको छ । चक्रवातले सबैभन्दा बढी […]