नक्कली रुपैयाँको कारोबार गर्ने दुई जना पक्राउ

६ चैत्र २०७५, बुधबार १५:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मल्ल र सुवेदीले एक हजार रुपैयाँ दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Next Post

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

६ चैत्र २०७५, बुधबार १५:००
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चयन भएका छन् । प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार यसपटक भण्डारी संयोजक बनेका हुन् । राजपा अध्यक्ष मण्डलको गत फागुन २९, ३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम […]