तालिममा महिलालाई मेशिन प्रदान

५ चैत्र २०७५, मंगलवार १८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विपन्न वर्गका महिलाहरुको लागि सञ्चालन गरिएको सिलाइकटाई तालिम तथा हाते मेशिन हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १९ को सहयोगमा तथा रुसुफ मल्टिप्रपोज प्रलिको आयोजनामा सञ्चालित दुई महिने कार्यक्रममा १६ जनालाई सिलाई कटाईको हाते मेशिन हस्तान्त्रण गरिएको हो ।
मेशिनसँगै कैचि, स्केललगायतका सामग्रीसमेत हस्तान्त्रण गरिएको छ । संस्थाका कार्यक्रम संयोजक करुणा बयलकोटीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा वडाध्यक्ष परसुराम कुर्मी, वडा सदस्य नन्कुराम धोवी, वडा सचिव अनुपमा द्धिवेदी, संस्थाका अध्यक्ष मुस्ताक अली राई, समाजसेवी धनञ्जय खड्कालगायतले संयुक्तरुपमा सामग्री हस्तात्रण गरे ।
यसैबिच मंगलवारनै रुसुफले आयोजना गरेको वालवालिकाकाको लागि नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम तथा खेलकुद सामग्री हस्तान्त्रण गरिएको छ । वडा सदस्य वफाती वेहनाको प्रमुख आतिथ्यतामा भएको समापन समाहरोमा तालिममा २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा रुसुफले वडा कार्यालयलाई खेलकुद सामग्री हस्तान्त्रण गरेको छ । कार्यक्रममा फुटवल क्यारेमवोर्ड, ब्याडमिण्टन, भलिवललगायतका खेल सामग्री हस्तान्त्रण गरिएको थियो ।

Next Post

होलीमा आँखा बचाएर रंग खेल्न चिकित्सकको सुझाव

५ चैत्र २०७५, मंगलवार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : रंग र उमंगको पर्वको रुपमा रहेको होली पर्वमा प्रयोग गरिने रंगका कारण आँखामा जटिल समस्या आउन सक्ने भएकोले आँखा जोगाएर पर्व मनाउन आँखा चिकित्सकले सुझाव दिएका छन् । नेपालगञ्जका आँखारोग विषेशज्ञ डा प्रचण्ड गौतमले रंग र अविर उत्पादन गर्ने उद्योगले आफ्नो फाईदाको लागि रंगमा पाउडर ग्लास, मेटलडस्ट, […]