आठौ २०७५ चैत्रमै सम्पन्न हुन्छ : सदस्य सचिव विष्ट

४ चैत्र २०७५, सोमबार २२:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले २०७५ चैत्र भित्रै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी गरेको बताएका छन् ।
सोमबार नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रचार स्टिकर र जिंङ्गल सर्वजनिक तथा मिडिया सेन्टरको उद्दघाटन गर्दै सदस्य सचिव विष्टले २०७५ चैत्र मै आठौ सम्पन्न हुने कुरा बताएका हुन ।
उनले भने–‘आठौ हुन्छ हुन्न भन्दै अन्यौलतामा रहनु भन्दा अब आठौको तयारीको माहौल र यहाँको बाताबरण नै खेलमय बनाउन सबै सञ्चारकर्मीलाई आग्रह गर्दछु ।’ उनले खलकुदका सबै पूर्वाधारका संरचना पुरा भएको जानकारी दिदै एकदुई दिन भित्रै भिआईपी प्याराफिटको सामान नेपालगन्जमा आईपुग्ने र जडानको लागि दुईहप्ता लाग्ने जानकारी दिए ।
उनले सामुहिक रुपमा खेलिने खेलका प्रतियोगिताहरु चैत्र २० देखि नै सुरु हुने जानकारी दिदै चैत्र २५ मा उद्दघाटन र ३० मा समापन गर्ने गरी कार्य योजना प्रस्ताव गरीएको तर, आधिकारिक निर्णय भने आगामी चैत्र ८ गते बस्ने परिषदको बोर्ड बैठकले तय गर्ने बताए ।
सदस्य सचिव विष्टले आठौंको तयारीको लागि सबै उपसमिति तथा प्राविधिकको टोलीहरु नेपालगञ्जमा नै आ–आफुलाई तोकिएको कामको जिम्मेवारी पुरा गर्नको लागि फिल्डमै रहेको जानकारी दिए । उनले भने–‘ अव एक दुई दिन मै खेल हुने स्थानको आवस्था मुल्याङ्कन गरी हुन सक्ने वा नसक्ने स्थानको सूची तयार गरी सार्वजनिक गर्ने तयारीमा रहेका छौ । सायद भोली मंगलबार साँझ सम्म सुचि सार्वजनिक हुनसक्छ ।’
नेपालगन्जमा आयोजना हुने आठौ राष्ट्रिय प्रतियोगिताको लागि सबै पूर्वाधार तीब्र गतिमा निर्माणको अन्तिम चरणमा पुगेको आफुले पाएको स्पष्ट पारे ।
प्रादेशिक खेलकुद परिषद प्रदेश नं. ५ का अध्यक्ष भिम वलीले नेपालगन्जमा आफ्नो ठाँउमा हुनलागेको खेलकुद प्रतियोगितालाई सफल पार्नको लागि सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै भने–‘तपाई हाम्रो ठाउमा हुँदै छ यसमा अपनत्व लिदै सफल पार्न सहयोग सहित सुझाव दिनु होला ।’
नेपालगन्ज रंगशालको पौडिपोखरीको भवनमा रहेका दुई कोठालाई आठौको मिडिया सेन्टरको रुपमा प्रयोगमा ल्याईनुको साथै सो मिडिया सेन्टरमा अति फास्ट ईन्टरनेट सेवा सहितका कम्प्युटरको व्यवस्था गरिने भएको छ । 

Next Post

मालपोतबाट ८ जना कर्मचारी नियन्त्रणमा

४ चैत्र २०७५, सोमबार २२:४८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले ८ जना कर्मचारीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा सोमबार बेलुका भुमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका ८ जना कर्मचारीलाई नियन्त्रणमा लिई अनुसंधान सुरु गरेको जानकारी […]