रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुँदै

  
  प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५       | 24 Views   ||

सदरलाइनडटकम,
रोल्पा : रोल्पाको रुन्टिगढि गाउँपालिकाले पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ ।
आगामी चैत ७ गतेदेखि तीन दिनसम्म होलेरीमा राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५ हुने भएको हो । दशवर्षे जनयुद्धको आधार भुमिको रुपमा परिचित रोल्पाको पर्यटकिय र साहित्यिक परिचय प्रवद्धनार्थ सो महोत्सव गर्न लागिएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष वालाराम बुढाले जानकारी दिए ।
महोत्सवमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद् डा. भिमार्जुन आचार्य, गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली सहभागी हुनेछन् ।
यस्तै आख्यानारहरु नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, नविन विभाष र अर्चना थापा लागायत देशभरबाट ५ दर्जनबढि साहित्यकारहरुलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न ८ वटा सत्रमा छलफल र बहस हुने कार्यक्रम रहेको छ । त्यस क्रममा रुन्टिगढी गाउँपालिकाका पर्यटकिय स्थलहरुको अवलोकन भ्रमणको कार्यक्रमसमेत रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५     7:31:04 AM  |