आइडियलमा कक्षा दशका बिद्यार्थीको विदाई

३० फाल्गुन २०७५, बिहीबार १९:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आइडियल पब्लिक हाईस्कुल नेपालगञ्जले बिहीवार कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ । कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई विदाई गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रे आलम खानको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले आइडियल स्कूलले पछिल्लो समयमा पढाईमा गुणस्तरियता थपिदै गएको बताए । गुणस्तरीय शिक्षामा आइडियल स्कूल अग्रसर भएको समेत उनले बताए । आइडियलले विद्यार्थीहरुको चाहना र रोजाई अनुसारको शिक्षा प्रदान गर्दै आएको अध्यक्ष खानले जानकारी दिए ।
विदाई कार्यक्रममा विद्यार्थीहरुले  मनोरञ्जनात्म कार्यक्रम प्रस्तुत गरेर कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका थिए । सदाव अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इस्लामी संघ नेपाल बाँकेका अध्यक्ष ओबैद रहमान खान, विद्यालयका प्रध्यानाध्यापक अनवर शाह, शिक्षक जमिल जरगर, असलम हल्वाई, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Next Post

रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुँदै

३० फाल्गुन २०७५, बिहीबार १९:०४
सदरलाइनडटकम, रोल्पा : रोल्पाको रुन्टिगढि गाउँपालिकाले पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ । आगामी चैत ७ गतेदेखि तीन दिनसम्म होलेरीमा राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५ हुने भएको हो । दशवर्षे जनयुद्धको आधार भुमिको रुपमा परिचित रोल्पाको पर्यटकिय र साहित्यिक परिचय प्रवद्धनार्थ सो […]