जाजरकोट–डोल्पा सडकखण्ड खुल्यो

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५       | 41 Views   ||

सदरलाइनडटकम,
डोल्पा : पहिरोको कारण अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिमको सिमामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुईसाता पछि खुलेको हो । सडक खुलाउनका लागि त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो ।
सडक खुलेपछि यातायातका साधनहरु सञ्चालनमा आउनुका साथै निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका ५ का स्थानीय जयकृष्ण उपाध्यायले बताए । यसअघि खदाङदेखि रुकुम पश्चिममा पर्ने गोतामकोटसम्म सिधा जीपसेवा सञ्चालन हुने भएपनि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     5:50:28 PM  |