सिकेसँग सम्झौताकोे विरोध गर्ने समातिए

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५       | 37 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ । सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधवार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर लगायत छन् । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ । प्रदर्शनकारीहरुले ‘११ बुँदे नौटंकी अपराधजन्य सहमति’, ‘सार्वभौमसत्तामाथि खेलवाड बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     4:19:24 PM  |