नेपालगञ्ज उप–महानगरले सार्वजनिक जमिन अतिक्रमण हटाउन सुरु गर्दै

२८ फाल्गुन २०७५, मंगलवार १८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाले २३ वटै वडामा रहेका सार्वजनिक जग्गा अतिक्रमण हटाउन सर्वदलिय, सर्वपक्षिय पहल गर्ने भएको छ । त्यसको लागि वडातहबाट कार्यान्वयन सुरु गरिने भएको छ ।
उप–महानगरमा रहेका सार्वजनिक जमिन विभिन्न समुह तथा व्यक्तिले अतिक्रमण गर्न थालेपछि संरक्षणको पहल गर्ने भएको हो । नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले उप–महानगर भित्र रहेका सार्वजनिक जमिनको लोखा जोखा राख्नको लागि सर्वेक्षण र खोजि गरेको जानकारी दिए ।
उनले नगरमा पछि थप भएका वडामा रहेका सार्वजनिक जमिन अनाधिकृत कब्जा गर्दै बसेको र केहीले जोतेको अवस्था रहेको बताए उनले भने–‘ उप–महानगरमा रहेका सार्वजनिक जमिनमा धेरै भूमाफिया र केही अतिबादीले जमिन ओगटेर कब्जा गर्दै धर्म तथा अन्य कार्यको लागि भन्दै झण्डा गाड्ने र बिबादमा ल्याउने गरेका छन त्यसताको पहिचान गरी उनीहरुलाई निरुत्साहीत पार्न सबैको सहयोग आवश्यक छ ।’
उनले सार्वजनिक जमिनमा केही भुमाफियाले आँखा गाडेको कारण उप–महानगर एक्लैले त्यसको संरक्षण गर्न नसक्ने भएकोले सबैको सहमतिमा संरक्षण गरी तारबार गर्ने योजना रहेको जानकारी दिए ।
उनले सार्वजनिक जमिनमा विभिन्न समुदाय र भूमाफियाले विभिन्न खालको तिकडम मच्चाएर कब्जा गर्ने गरेको आफुले पाएको जानकारी दिदै भने–‘ अहिले कुनै संघसंस्थाको नाम तथा धर्मको नाममा सरकारी तथा ऐलानी जमिन कब्जा गर्ने लहर चलेको पाएको छु । एकदिन अघिसम्म केही हुँदैन अर्कोदिन उप–महानगर पुगेको दिन कुनै न कुनै समुदाय आफ्नो हो भनेर बिबाद गर्न आईपुग्छ ।’
उप–महानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेलले नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो सम्पत्तिको रुपमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको खोजि र संरक्षण गर्न सुरु गरेको जानकारी दिए ।
उनले हालसम्म उपमहानगर क्षेमा ऐलानी प्रति जग्गा १३२ बिगाह १६ कठ्ठा १४ धुर, पोखरी खाल्टो ७० विगाह १० कठ्ठा र जंगल ३३८ बिगाह ७ कठ्ठा ५ धुर रहेको तथ्याङ्क संकलन गरी त्यसको संरक्षण र तारबार गर्न टेण्डर समेत गरेको र अरु सार्वजनिक जग्गा खोजि गर्ने कार्य जारी रहेको बताए ।
यसअघि उप–महानगरपालिकाले आयोजना गरेको बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको बैठक बसेको थियो सो बैठकमा उप–महानगरका मेयर डा. राणा, प्रमुख प्रशाशकिय अधिकृत प्याकुरेल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, जिल्ला बारका मो. एैयुव सिद्धिकीलगायतको सहभागिता रहेको थियो ।

Next Post

मधुमेहका विरामीहरुले जान्नै पर्ने कुराहरु

२८ फाल्गुन २०७५, मंगलवार १८:१७
१ डायबेटिक रेटिनोप्याथी भनेको कस्तो समस्या हो ? डाइबेटिक अर्थात मधुमेहले आँखाको दृष्टिपर्दामा असर गरी दृष्टि धमिलो हुने अवस्थालाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ । मधुमेह भएको जो कोहीलाई पनि कुनै पनि बेला यो अवस्थाहुन सक्छ । विशेष गरी लामो समय मधुमेह भएको साथै रगतमा सुगरको मात्रा, कोलेस्टेरोलको मात्रा अनियन्त्रित रुपले धेरै […]