नरैनापुरमा क्रिकेट टुर्नामेन्ट हुँदै

२६ फाल्गुन २०७५, आईतवार १७:००
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाको मँझरेटीमा आइतवारदेखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता खाले प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने बताए । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने अध्यक्ष शाहले बताउनुभयो । खेल मैदानको विकास र स्तरोन्नति गर्ने उनले प्रतिबद्धता जनाए । उनले अब निर्माण हुने रंगशालाले नरैनापुरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने अध्यक्ष शाहले बताए ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले खेलकुदको विकासका लागि गाउँपालिकाले यथेष्ट बजेट विनियोजन गरेको भन्दै आगामी बर्षमा अझ बढाइने जानकारी दिए । चैत्र १० गतेसम्म चल्ने प्रतियोगितामा नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयाका ५ गाउँका टिम सहभागी छन् । टि–ट्वान्टि फम्र्याटमा खेलाइने प्रतियोगितामा बनियाँ गाउँ, महत्नियाँ गाउँ, कट्कुइयाँ, मँझरेटी र सुइया गाउँ सहभागी रहेको स्थानीय साहजाद अलि जोलाहले बताए ।
प्रत्येक बर्ष आयोजना हुने यो प्रतियोगितामा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगदसहित रेन्जर साइकल, द्वितीय हुनेलाई रंगीन टेलिभिजन र ३ वटा भित्ते घडी र तेस्रोलाई स्ट्याण्ड पंखा र ३ वटा भित्ते घडी प्रदान गरिने आयोजक युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमजान अलि अन्सारीले बताए ।

Next Post

सीकेसँगको सहमतिमा विवादास्पद शब्द उल्लेख छ : कमल थापा

२६ फाल्गुन २०७५, आईतवार १७:००
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका छन् । मेची–महाकाली स्वाभिमान यात्राअन्तर्गत आइतवार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै उनले सहमतिमा अस्पष्ट, द्धिअर्थी लाग्ने र बिवादास्पद शब्द उल्लेख गरिएको बताए । अध्यक्ष थापाले सहमतिको […]