नेपालगञ्जमा डिजीटलाइज प्रविधीसहितको सेवा शुरु

२५ फाल्गुन २०७५, शनिबार १८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमै पहिलो पटक नेपालगञ्जमा डिजिटलाइज प्रविधिसहितको सेवा शुभारम्भ गरिएको छ । सेतु विक चौकस्थित डटवक्र्स टेक्नोलोजीको शनिवार एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरे । डटवक्र्स टेक्नोलोजीमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजीटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रीन प्रिण्टिङ सेवा दिइने भएको छ ।
सात जना सफ्टवेयर इञ्जिनीयरको टोलीले सञ्चालनमा ल्याएको सो कम्पनीमा करीब ८० लाख लगानी गरिएको छ । सफ्टवेयरका माध्यमबाट गाडी, बाइकमा जीपीएस टे«किङ सेवा जडान गरेर आफु र आफ्नो गाडीको सुरक्षा गर्न सकिने छ । सञ्चालक मोविन सिद्दिकीले विद्यालयमा अध्यनरत विद्यार्थीको समय र सुरक्षालाई लक्षित गरेर मोवाइल एप्स सेवा प्रारम्भ गरिएको जानकारी दिए । एप्स सेवाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई प्रगाढ बनाउनुका साथै शैक्षिक गुणस्तर वृद्धिमा पनि मदत पुर्याउने विश्वास गरिएको छ ।
सुरक्षासँगै व्यवसाय प्रवद्र्धनमा प्रविधीको उच्चतम प्रयोगमा आफुहरु तत्पर रहेको सिद्दीकीले दाबी गरे । प्राविधिक सहकार्य गरेको म्याक्स कनेक्ट वल्र्डका प्रतिनिधी जितेन्द्र राघवले यस प्रकारको सेवाबाट धेरै भन्दा धेरै फाइदा लिन आम समुदायलाई अपील गरे ।

Next Post

बाँकेका दुई दर्जन युवाले लघु उद्यम शुरु गर्ने

२५ फाल्गुन २०७५, शनिबार १८:३१
सदरलाइनडटकम, नेपालगञ्ज : काम गर्ने सोंच बनाएका बाँकेका युवाले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती २१ जनाले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले केही न केही व्यापार व्यवसाय गर्ने नेपालगञ्जमा सञ्चालित पाँच दिने लघु उद्यम विकास तालिमको शनिवार समापनका क्रममा यस्तो […]