विप्लवविरुद्ध सरकार कठोर रहने : गृहमन्त्री थापा

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       | 29 Views   ||

सदरलाइनडटकम,
सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन् ।
गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले उनीहरु सफल हुने कुनै अवस्था नरहेको दावी गरे । अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाई छ । उनले सरकारले एक बर्षमा अन्तर्राष्ट्रीय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए ।
उनले सरकारले संघियता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पुरा गरेका, विकासका आधारहरु तयार पार्ने काम गरेको, विकासाका निम्ति आवश्यक योजना निर्माण गरेको बताए । अब हुने अन्तर्राष्ट्रीय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दावी छ । शान्ति सुरक्षाका क्षेत्रमा पनि आधारभूत रुपमा कायम गर्न सरकार सफल भएको बताए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     2:57:39 PM  |