खजुरामा मनाइयो अन्तर्राष्ट्रीय महिला दिवस

२४ फाल्गुन २०७५, शुक्रबार १६:०१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुराबाट बालविवाह अन्त्य गर्ने उद्घोष गर्दै बाँकेको खजुरामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । खजुरा गाउँपालिका, स्याक, प्लान नेपाल लगायतको सहकार्यमा दिवस मनाइएको हो । खजुरा गाउँपालिकाको कार्यालयबाट सचेतनामूलक ¥यालीको आयोजना गरिएको थियो ।
खजुरा एक नम्बर हुँदै खजुरा बजार भएर र्याली धनौली चौकी पुगेर हाट बजारमा आएर सभामा परिणत भयो । कार्यक्रममा खजुरा ज्ञानोदय नमूना माविका बालिकाले बालविवाह गर्न नहुने सन्देश सहितको सडक नाटक प्रस्तुत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बालविवाह अन्त्य गर्नुका साथै महिला अधिकारका लागि गाउँपालिका साथमा रहेको बताए ।
उपप्रमुख एकमाया विकले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमुलक काममा जोडिन आग्रह गरिन । उनले खजुरा क्षेत्रका २ जना महिला अटोरिक्सा संचालनमा रहेको बताउँदै त्यस्ता श्रमिक महिलालाई गाउँपालिकाले अर्को वर्ष सम्मान गर्ने उल्लेख गरिन । अब महिलाहरु सृजनात्मक काममा लाग्न थालेको बताउँदै उत्पादनमुलक र सृजनात्मक कामले महिलामा सम्मान थप्ने कुरामा उपप्रमुख विकले विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नंं. ४ का महिला सदस्य योगमाया खनाल, खजुरा गाउँपालिका महिला सहायक निरीक्षक सुशीला न्यौपानेले घरबाटै विभेद, ज्यालामा विभेद हुँदाहुँदै पनि कतिपय कुरामा महिलाले पाएका अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

Next Post

घाँटीमा मासु अड्किएर महिलाको मृत्यु

२४ फाल्गुन २०७५, शुक्रबार १६:०१
सदरलाइनडटकम, दाङ : घाँटीमा मासु अड्किएर दाङमा एक महिलाको मृत्यु भएको छ । गाउँकै अनन्त रेग्मीको छोराको बिहेभोज खाने क्रममा घाँटीमा मासु अड्किएर घोराही उपमहानगरपालिका वडा नंं १७ पनौरा निवासी ५३ बर्षीया टीका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब […]

सम्बन्धित