धनगढीबाट व्यापारीको अपहरण

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन २३, २०७५       | 42 Views   ||

सदरलाइनडटकम,
कैलाली : धनगढीका एक व्यापारीको अपहरण भएको छ । बुधवार राति धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो । भारतीय नम्बरबाट सिंहका परिवारलाई फोन गरि १५ लाख रुपैयाँ माग गरेको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन । घटनाको सूचना पाएलगत्तै प्रहरीको एक टोली परिचालन गरिएको स्रोतले बताएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २३, २०७५     5:47:35 PM  |