भारतको जम्मुमा बम विस्फोट हुँदा २५ घाइते

२३ फाल्गुन २०७५, बिहीबार १७:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीवार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
जम्मु डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । उक्त बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।
प्रारम्भिक अनुसन्धानअनुसार विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु घाइते भएका छन् । नजिकै रहेको अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ ।
(एजेन्सी)

Next Post

रोल्पामा भेटिएको सकेट बम निष्कृय

२३ फाल्गुन २०७५, बिहीबार १७:३२
सदरलाइनडटकम, रोल्पा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीवार रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ । जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ । नेपाली सेनाले बम निष्कृय पारेको प्रमुख जिल्ला […]