रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

२२ फाल्गुन २०७५, बुधबार १७:५४
 


सदरलाइनडटकम,
कैलाली : कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधवार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो । घटनाको झन्डै ४२ महिनापछि अदालतको फैसला सार्वजनिक भएको हो । थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका छन् ।
२०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु भएको थियो । उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो । यो बीचमा उनी राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भइसकेका छन्। फैसलापछि चौधरीको सांसद पद स्वतस् खारेज भएको छ ।

Next Post

अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्

२२ फाल्गुन २०७५, बुधबार १७:५४
काठमाडौँ, / रासस  :  सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्ने लगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ […]