दुई कर्मचारी रिश्वतसहित रंगेहात अख्तियारको नियन्त्रणमा

२१ फाल्गुन २०७५, मंगलवार २३:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले बाँकेका दुईवटा सरकारी कार्यालयमा छापा मारेर ८७ हजार रिश्वतसहित दुईजना कर्मचारीलाई नियन्त्रण लिएको छ ।
अख्तिायरका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले बिशेष सुराकीले दिएको सुचनाको आधारमा गरिएको स्टींग अपरेशनबाट नेपालगञ्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दसंग ५२ हजार र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसंधान अधिकृत बिनोदकुमार श्रीबास्तबका साथबाट ३५ हजार सहित रंगेहात नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।
नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजिकरण गरि दिने भन्दै सेवाग्राहीबाट ५२ हजार रिश्वत लिएको अवस्थामा र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका प्रमुख तथा खाद्य अनुसंधान अधिकृत श्रीबास्तबले गुणस्तर प्रमाणिकरण गरिदिए बापत सेवाग्राहीको काम सम्पन्न भएपछि ३५ हजार लिदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो । रिश्वतसहित अख्तियारको नियन्त्रणमा परेका दुबैजनामाथि अनुसंधान सुरु गरेको जनाईएको छ ।
यसैगरी अख्तियारले मंगलबार नै यातायात व्यवस्था कार्यालय नेपालगन्जमा छापामारी त्यहाँबाट केही कागतजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।

Next Post

रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

२१ फाल्गुन २०७५, मंगलवार २३:०३
सदरलाइनडटकम, कैलाली : कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधवार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो । घटनाको झन्डै ४२ महिनापछि अदालतको फैसला […]

सम्बन्धित