भिजन आँखा अस्पतालद्वारा एकदिने निशुल्क आँखा शिविर

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       | 44 Views   ||

सदरलाइनडटकम,
जानकी (बाँके) : भिजन आँखा अस्पताल प्रालि नेपालगञ्जले बाँकेको जानकी गाउपालिका वडा नं.१ संगको सहकार्यमा एकदिने निशुल्क आँखा शिविर आयोजना गरेको छ ।

स्थानीय समाजसेवी ईन्द्रबहादुर थापाको पहलमा वडा अध्यक्ष मोहम्मद रजा राईको सहयोगमा भिजन आँखा अस्पतालका प्रमुख डा. प्रचण्ड गौतमको टिमले सो वडाका स्थानीय बासिन्दाको निशुल्क आँखा जाच गरेको हो ।

शिविरमा २ सय पचास जनाले निशुल्क सेवा लिएको अस्पतालले जनाएको छ ।

शिविरमा आएका मध्ये मोतिया बिन्दुका ३५ जना विरामी भेटिएको र ५० जनालाई चस्मा वितरण गरिनुको साथै १० बालबालिकामा आँखाको समस्या रहेको पाईएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५     7:26:43 PM  |