विदेश भ्रमणमा जान नेपालगञ्जका उपमेयरको हठ

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       | 95 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।
उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए । ‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, ‘उपमेयर उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’
उपमेयरले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नु परेको उनले बताए । गोलाप्रथा अनुसार उपमेयर थापामगर नै छनोटमा परेकी छन् । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, कांग्रेस र राप्रपालाई क्रमशः तीनतीन र एउटा फोरमको भागमा परेको थियो । कांग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिएपनि उपमेयरको ढिपीले काँग्रेसनिकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५     3:18:18 PM  |