मुलुकमा इमान्दार नेता छैनन् : पूर्वराष्ट्रपति

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       | 25 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् । उनले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन चुनौति दिए ।
डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा शनिवार बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गरे । पूर्वराष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको स्पष्ट पारे ।
पूर्वराष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिए । उनले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५     3:01:01 PM  |