उपविजेता बन्दै नेपाली टोली स्वदेश फिर्ता

१६ फाल्गुन २०७५, बिहीबार १७:५७
 
तस्बिर : उज्यालो अनलाईन ।

सदरलाइनडटकम,
काठमाण्डौ : थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाली टिम बिहीवार स्वदेश फर्किएको छ । तुलनात्मक रुपमा अन्य टिमभन्दा कम तयारी गरेर प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला क्रिकेट टिमले प्रभावकारी प्रदर्शन गरेको थियो ।
एक महिनाको अन्तरालमा नेपाली महिला टोलीले दुईवटा प्रतियोगितामा सहभागिता जनायो र दुवै प्रतियोगितामा राम्रो प्रदर्शन पनि गर्यो । तर दूर्भाग्य । नेपालको बाटोमा थाइल्याण्ड तगारो नै बन्यो । कुल १० टिमको सहभागिता रहने महिला टी–२० विश्वकपका लागि सम्पन्न एसियाली छनोटमा नेपाल दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
छनोटका लागि एशिया, अफ्रिका, पूर्वी एसिया प्यासिफिक, उत्तर–दक्षिण अमेरिका र युरोपबाट एक–एक टिम छनोट भइ दोस्रो चरण खेल्नु पर्नेछ । तर नेपालको बाटो थाइल्याण्डले रोकिदियो । थाइल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्न सफल भयो ।

Next Post

टिपरको ठक्करबाट बालकको ज्यान गयो

१६ फाल्गुन २०७५, बिहीबार १७:५७
सदरलाइनडटकम, धनगढी : कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मे १ क। ३२८ नम्बरको टिपरले ठक्करबाट घोडाघोडी नगरपालिका १ सुखडमा ६ वर्षीय सुवास बस्नेतको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यज्ञराज […]