ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

१४ फाल्गुन २०७५, मंगलवार १८:३४
 

सदरलाइनडटकम,
सुर्खेत : लागूऔषध ब्राउन सुगरसहित सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ । लागूऔषधविरुद्धको अभियानअन्तर्गत परिचालन भएको प्रहरी गस्ती टोलीले वीरेन्द्रनगरका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगरको पुरानो ट्राफिक कार्यालय जाने सडकको चाइना गेट होटलबाट ३ जना र वीरेन्द्रनगर १० बाट एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । होटलको कोठा लिएर शंकास्पद रुपमा बसेका वीरेन्द्रनगर ३ बस्ने सुनिल चौधरी, रुथ तोलाङ्गी र कालिकोट नरहरीनाथ २ की अञ्जु बिष्टलाई खानतलास गर्दा उनीहरु बसेको कोठामा बिस्तरामुनी लुकाइ राखेको २ पोका ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर १० स्थित बिनोद मल्लको घरमा कोठा भाडामा बस्ने वीरेन्द्रनगर ११ की सीता बिकलाई पनि प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । उनको कोठाबाट प्रहरीले ४ प्याकेट ब्राउन सुगरसहित ८ हजार ८ सय रुपैयाँ नगद र तीन थान मोवाइल पनि बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

आठौंकोे मस्कट आईपुग्यो नेपालगञ्ज !

१४ फाल्गुन २०७५, मंगलवार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा आयोजना हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह (मस्कट) नेपालगञ्ज ल्याई पुराईएको छ । भौतिक पूर्वाधार निर्माणले तीब्रता पाएकै बेलामा मस्कट पुग्दा २०७५ भित्रै प्रतियोगिता सुरु हुने संकेत देखापरेको प्रादेशिक खेलकुद विकास समिति क्षेत्र नं. ५ का अध्यक्ष भीम ओलीले बताए । उनले बाँके र बर्दिया […]