राजधानीबारे तुलसीपुरमा सुझाव संकलन

१४ फाल्गुन २०७५, मंगलवार १७:३८
 

सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ को स्थायी राजधानीकालागि दाङको बिकल्प नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सम्बाद समुह प्रदेश नं. ५ ले प्रदेशको स्थायी राजधानीका लागि गठित बिशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागि भएको छलफलमा मंगलवार बिभिन्न सरोकारवाला ब्यक्तिहरुले सुझाब दिएका हुन् ।
तुलसीपुरमा गरेको सुझाब संकलनका क्रममा प्रदेश नं. ५ का १२ जिल्लाकै मध्यबिन्दु दाङ पर्ने भएकाले दाङबाहेक राजधानीका लागि अन्य कुनै बिकल्प नभएको समेत बताएका थिए । यदि प्रदेश नं. ५ को राजधानी दाङ नभए, आठौं प्रदेश बनाएर भएपनि दाङलाई प्रदेशको राजधानी बन्नुपर्ने सुझाब दिएका छन् । सुझाब दिदै गरिबि निवारण कोषका पूर्ब कार्यकारी निर्देशक तथा तुलसीपुरबासी नहकुल केसीले भने‘ प्रदेशले न्यायोचित तरिकाले राजधानी तोक्छ, भने दाङ तोकोस, यदि दाङलाई अन्याय गरिन्छ भने आठौ प्रदेशको तयारी गर्नुस् ।’
दाङ दक्षिण एरियाकै ठूलो उपत्यका, हावापानी, सुरक्षा, सुबिधा, यातायात, प्रकृतिक, सामाजिक हिसाबले पनि उपर्युक्त भएकाले केन्द्रीय राजधानी बनाउने बहस भएको अबस्थामा प्रदेश नं. ५ को राजधानीका लागि अर्को बिकल्प खोज्नु दाङलाई अन्याय गर्नु भएको भन्दै यस्तो अन्यया स्थायी राजधानी बनाउदा नगर्न सुझाब दिएका थिए । त्यस्तै प्रदेश नं. ५ को नामभने लुम्बिनी राख्नुपर्ने सबैको जोड थियो । यदि लुम्बिनी नभएमा प्रदेशको नाम स्वर्गद्धारी राख्नुपर्ने सुझाब दिएका थिए ।
सम्बाद समुह प्रदेश नं. ५ सदस्य रामजी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बृद्धसेवा समिति तुलसीपरका संयोजक खुमानन्द अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल, प्रधानाध्यापकको तर्फबाट भागवत पौडेल, बिष्णुप्रसाद आचार्य, आदिवासीको तर्फबाट चूर्ण चौधरीले सुझाब दिदै हरेक राजधानीहरु नदी किनारमा बिकसित भएको भन्दै दाङमा पनि बबई, राप्तीलगायतका नदी भएकाले दाङ उपयुक्र्त भएको बताए ।
त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावत, मजदुरको तर्फबाट टोपबहादुर महतारा, तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ६ का अध्यक्ष नबराज लामिछाने, अपाङ्गतको तर्फबाट हुमाकान्त कडेँल,देवा डाँगी, पत्रकार संगीत बस्याल, गणेश आचार्य, राजनीतिकर्मी ठाकुर रोका, अधिबक्ता रामशरण चौधरीलगायतले गुल्मीलाई पनि दाङ राजधानी उपर्युक्त भएको समेत बताएका थिए ।
साथै निर्मलाकुमारी गुप्ता बादी, ब्यासायी जनक खराल, शुसिला पौडेल, महेश रिजाल, देवा बस्नेत, बिरबल खड्का, अटो चालक नारायणसिंह बोहरा, मानबहादुर रावत, टीका घर्ती, ईश्वरीप्रसाद गैरे, पदमा चौधरी, भरत भण्डारीलगायतले अन्य पहाडी जिल्लाहरुले दाङ नै राजधानी हुनुपर्छ, भनेर आवाज उठाईरहेको समेत बताए । सुझाब संकलन पश्चात बिशेष समितिका सदस्य निर्मला क्षेत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा संकलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले प्रदेशको राजधानी तोक्ने बताईन् ।
प्रदेश नं. ५ को राजधानी तोक्न निकै चुनौती रहेको समेत उनले बताईन् । राजधानीका बिषयमा आफुहरुले राजनीतिक दलभन्दा माथि उठेर निर्णय गर्ने समेत बिस्वास दिलाईन् । सम्बाद समुहका सदस्य तथा अधिबक्ता बिष्णुमनी धित्तालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सहजकर्ता शुसिल बस्नेतले गरेका थिए ।

Next Post

भारतद्वारा पाकिस्तानमा बमबारी

१४ फाल्गुन २०७५, मंगलवार १७:३८
सदरलाइनडटकम, काठमाण्डौ : भारतले पाकिस्तान प्रशासित काश्मिरमा १ हजार किलोको बम खसालेको छ । भारतीय सेनाले मंगलवार विहान साढे ३ बजे पाकिस्तानी सीमा पार गरेर बम खसालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भारतले खसोलेको बमले मानवीय क्षति भने नभएको उसले जनाएको छ । भारतीय सञ्चारमाध्यमले पनि भारतीय सेनाका […]