साहित्यकार शर्माको ‘सपनाको क’ विमोचन

१३ फाल्गुन २०७५, सोमबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाल साहित्य विधाअन्तर्गत बाल कथा संग्रह ‘सपनाको क’ पुस्तकको एक कार्यक्रमबीच सोमवार नेपालगञ्जमा विमोचन गरिएको छ । ललिता शर्माद्वारा लिखित रंगीन कलेवरमा प्रकाशित उक्त पुस्तक वरिष्ठ कथाकार सनत रेग्मीले विमोचन गरेका हुन् ।
नारी श्रष्टा किरण आचार्यको अध्यक्षता तथा मध्यपश्चिम श्रष्टा समाजद्वारा स्थानीय सरस्वती उच्च माविमा आयोजित विमोचन कार्यक्रममा विशिष्ठ अतिथि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बाल मनोविज्ञानलाई मनन् गरेर जीवनभर शिक्षण पेशामा समर्पित शर्मालाई बधाई दिँदै साहित्यका क्षेत्रमा अन्य सिर्जना गर्न सफलता मिलोस् भन्ने कामना गरिन् ।
साहित्यकार महेन्द्र वाग्लेले विमोचित पुस्तक माथि प्रकाश पार्दै लेखिका शर्माको बारेमा प्रकाश पारेका थिए भने लेखिका शर्माले पुस्तक लेखनबारे आफ्नो अनुभव सुनाइन् । सो अवसरमा वरिष्ठ समालोचक प्राध्यापक डा. गोपालप्रसाद अधिकारी, मध्यपश्चिम श्रष्टा समाजका अध्यक्ष सिर्जन लम्साल, वरिष्ठ पत्रकार पूर्णलाल चुके, वि. विकास स्मृति प्रतिष्ठानका अध्यक्ष पंकज श्रेष्ठ, शिक्षक संगठनका अध्यक्ष वीरेन्द्र यादव, वरिष्ठ समाजसेवी शान्ति श्रेष्ठ, सरस्वती उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र वर्नवाललगायतले धारणा राखेका थिए ।
साहित्यकार ऋचा लुईंटेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका ससाना बालिकाहरुले एकल तथा सामूहिकरुपमा भजन, गीत, लघु कथा आदि प्रस्तुत गरेका थिए ।

Next Post

नेपालगञ्जमा ४औँ ‘हिसानकप’ प्रतियोगिता हुदै

१३ फाल्गुन २०७५, सोमबार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज : निजि विद्यालयको संगठन हिसानको आयोजनामा बाँकेमा ४औँ हिसानकप खेलकुद प्रतियोगिता मंगलबारदेखि सञ्चालन हुने भएको छ । हिसान बाँके/बर्दियाको आयोजनामा हुने सो प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र/छात्राको दुवैका लागि भलिबल र ब्याडमिन्टन खेल हुने छन । प्रतियोगिताको अन्तिम […]