बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५       | 29 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका बिभिन्न क्षेत्रका युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित चार दिने तालिममार्फत युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको हो ।
सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत गरेको कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई प्रोत्साहित गर्ने सहभागी कृष्ण ठकुरीले धारणा राखे ।
तालिमको आइतवार समापन कार्यक्रममा बोल्दै उनले यस तालिमले आफ्नो बानीमा धेरै सुधार आएको बताए । कार्यक्रममा युवा महिला सहभागी नुरजहाँले तालिमले उद्यम गर्न सहज बनाएको बताइन् । उनले उद्यमको शुरुवात गर्नेलाई तालिमले सबै कुरा सिकाएको हुँदा अन्य युवालाई पनि यस्ता कार्यक्रममा सहभागी गराउन अनुरोध गरिन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका युवाको सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै एसडिएफ बाँकेका अध्यक्ष बिष्णुप्रसाद ढकालले सीप भए जीवनमा जहाँ पनि बाँच्न सकिने बताए ।
उनले युवा अवस्थामा सीप सिक्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिए । उद्यम गर्ने वातावरण निर्माण गर्न तथा सीप अनुसारको उद्यममा लाग्न युवालाई प्रोत्साहित गर्ने उद्देश्यले एसडिएफले सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     6:36:38 PM  |